Logo

वर्षासंगै बगेको धादिङको बिजुली 



सुदिप सिम्खडा  : “आहा यो गर्मीमा पानी पर्यो भनेर म खुसी हुनु की ला अब त कति दिन बत्ति जाने हो” भनेर दुःखी हौं प्रशासन ? “उतैबाट गएको हो , कति समय लागछ थाहा छैन“, भन्दिने ती प्रधिकराण कि दिदी लाई के भनेर सम्बोधन गरौं म प्रधिकराण ? धदिङलाई स्र्माट सिटी बनाउँछु भन्दा आशा राखेका जनता, बिजुलीको समेत भरपर्दो उपभोग गर्न नपाएका जनताको निराशा कस्ले सुनिदिने मेयर ज्यू?

बषौदेखिको यो समस्या समाधान नहुनुमा म कसलाई औंला उठाउँ ? म आफैंलाई कि तिमी प्रशासनलाई? जस्तो सुकै समस्यालाई सही दिने हामी जनता अब आफ्नो अधिकारको निम्ति आवाज कहिले उठाउने धादिङवासी ? देशको मुटुमा रहेको हाम्रो ठाउँको उत्तरोन्नती नभएको भन्ने धेरै देख्छु अब त मनमा गुम्सिएका आवाज सडकदेखि निकायसम्म सुनाउने होइन र जनता ?

यस समस्याको समाधानका निम्ति जिम्मेवार निकाय र प्रशासनलाई दबाब दिन म आम धादिङबासीमा अनुरोध गर्दछु । हामीले आ–आफ्नो ठाउँबाट आवाज उठाएर यो समस्या समाधान खोज्न जरुरी छ। आउनुहोस् , समग्र ठाउँको विकासको निम्ति सबैको एकै आवाज “ विकासका लागि बिजुली “।



प्रतिक्रिया दिनुहोस्