Logo

केपी ओलीमाथि खनिए प्रदीप पौडेल, अध्यादेशमार्फत देश चलाउने व्यक्तिले कसरी निश्पक्ष चुनाव गराउँछ ? (भिडिओसहित)



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले कोभिडबाट मृत्यु हुनेहरुको संख्या अहिले आएजस्तो नभएको भन्दै अहिले आएको तथ्यांकभन्दा तीन गुणा बढि रहेको टिप्पणी गरेका छन् । सबै ठाउँबाट राज्यको पहँच नभएको उनको टिप्पणी छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी शर्मा ओलीले स्थिरता, नैतिकता, लोकतन्त्र, संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको कुरा गर्न नसुहाउने पनि बताए । संसद् छँदाछँदै अध्यादेशमार्फत ओलीले देश चलाउन खोजेको उनको आरोप छ । प्रतिनिधिसभा पूनःस्थापना भैसक्दापनि ओली सत्तामा बसेको र राजीनामा नदिएको पनि उनले स्मरण गराए ।

नेता पौडेलले कांग्रेस प्रमुख प्रतिपक्षी दल भएर सो अनुसारको भूमिका निर्वाह गर्नमा चुकेको पनि स्विकारे । प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले चुनाव गर्न चाहेको र चुनावमा धाँधली गर्न चाहेको पनि उनको भनाई थियो । केपी ओलीबाहेकको नेतृत्वमा राष्टिय सरकार बनाउन आफूहरु तयार रहेको पनि उनले विश्वास दिलाए । अध्यादेशमार्फत देश चलाउने व्यक्तिले देशमा निश्पक्ष चुनाव गराउनै नसक्ने पनि पौडेलको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्