Logo

देउवाले उठाए प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार र व्यवहारमाथि प्रश्न (गणतन्त्र दिवसको शुभकामनासहित)



काठमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपतिको संस्कार र व्यवहारमाथि प्रश्न उठाएका छन् । गणतन्त्र दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रवाह गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भनेका छन्-“कुनैपनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताकोलागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको विषय बन्दछ र बन्नुपर्दछ । देशको राष्टपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदअनुकुलको बन्न नसक्दा त्यसको दुष्परीणाम देशले भोग्नुपर्ने हुन्छ । र, आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चूनौति पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु ।”

देउवाले अहिले कोभिड महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको तर सरकार भने जनताको जीवनप्रति सर्वथा उदासिन भएको पनि टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्