Logo

एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदीको उच्च सम्भावना



काठमाडौं, जेठ १५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आगामी कार्यकाल (२०२३ सम्म) का लागि मतदानको मिति नजिकिदो छ । एनसीसी अमेरिकामा अहिले चुनावी चर्चा र नेतृत्वका लागि दाबेदार बनेका उम्मेदवारहरुको लेखाजोखा भइरहेको छ ।

यसमा पनि अहिले सबैको चासो भने आगामी कार्यकालका लागि अध्यक्ष पदमा को बिजयी होला भन्ने रहेको छ । आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने, अर्जुन बन्जाडे र तिलक केसी प्रत्यासी रहेका छन् ।

अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरिरहेका छन उनीहरुलाई तेहा रहेका बिभिन्न नेपाली संघ सँस्थाहरुले आ आफ्नो उम्मेदवारको रुपमा समेत सार्र्वजनिक गर्दै चुनावी माहौलमा छन ।

हाल उम्मेदवारी दिएका चार उम्मेदवारहरु मध्ये एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्षसमेत रहेका बुद्धिसागर सुबेदी सबैभन्दा अगाडि देखिएका छन् । सुवेदीका एजेण्डा, चुनावी अभियान, प्रचारप्रसार र युवा तथा महिलाको अधिक सहभागिताका कारण पनि सुबेदी अहिले अमेरिकाका गैरआवासीय नेपालीहरुमा लोकप्रिया बनेका छन् ।

सुवेदीले उठाएका एजेन्डाहरुलाई पनि धेरै नेपाली संघसँस्थाले आफ्नो एजेण्डा बनाई उनलाई बिजयको शुभकामना दिइरहेका छन् । सुवेदीले आफ्नो उम्मेदवारीलाई स्थिर रूपमा प्रस्तुत गर्दै पदीय जिम्मेवारीको समय, आर्थिक भार, यात्रा, विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबैमाझ राखेका कारण सुबेदीको पल्ला भारी भएको एनआरएनए अभियानका अग्रजहरु बताउँछन् ।

सुबेदीले आफ्ना कुरा संयततापूर्वक राख्ने, अरूका कुरा सुन्ने र जवाफ दिने गरेका कारण पनि उनलाई धेरैले रुचाएको बताइन्छ । सुबेदी एनआरएनए अमेरिकामा बिभिन्न जिम्मेवारी निर्बाह गर्दै हाल अध्यक्षका उम्मेदवार बनेका सालिन ब्यक्ति भएकाले पनि उनलाई अध्यक्षमा रहेर नेतृत्व गर्दै एनआरएनए अमेरिकालाई उचाईमा पुर्याउन सक्ने व्यक्तिका रुपमा धेरैले बुझेका छन् ।

एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष रहेका सुवेदीले आफ्नो चुनावी घोषणापत्रमा नागरिकताको निरन्तरता प्रणाली, गतिशील, सशक्त, संस्थागत र समावेशीताका मुद्दाहरु अगाडि सारेका छन् । उनले यी मुद्दाहरुमा केन्द्रित रहि बिभिन्न राज्यहरुमा भौतिकरुपमै उपस्थित भई व्यापक अन्तरक्रिया गर्दै सबैसँग सुझवसमेत संकलन गरेका छन् ।

अमेरिकाका धेरैजसो नेपाली समुदायसँग भेटवार्ता गरी नेपाल सरकारसँग समन्वय गरी अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्ने अठोटका साथ अगाडि बढेको सुवेदी बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्