Logo

गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न छ : गगन थापा



काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका प्रभावाली नेता तथा पूर्वमन्त्री गगन थापाल गणतन्त्रको अवमूल्यन गर्ने, लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसँग प्रश्न रहेको र त्यस्तो प्रवृत्तिसँग आक्रोश रहेको बताएका छन् । गणतन्त्रको दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

थापाले अब ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरि गणतन्त्रलाई सम्हाल्ने र पद्धतीलाई मजबुद बनाउने जिम्मेवारी आफूहरुको भएको पनि उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-“गणतन्त्रको अवमूल्यन गर्ने,लोकतन्त्र र संविधानकै हुर्मत लिन खोज्ने पात्रसंग प्रश्न छ,प्रवृत्ति संग आक्रोश छ।ती पात्रलाई बदल्दै र प्रवृत्तिलाई निस्तेज गर्दै जनताले अनुभूति गर्ने गरी गणतन्त्रलाई समाल्ने र पद्धतिलाई मजबुत बनाउने जिम्मेवारी हाम्रै हो। गणतन्त्र दिवसको हार्दिक शुभकामना!”



प्रतिक्रिया दिनुहोस्