Logo

सुजाताले शान्ति सम्झौताको तस्बिर राख्दै भनिन्ः प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानविपरितका कदम



काठमाडौं, १५ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरितका कदमहरु चालिरहेको आरोप लगाएकी छिन् । उनले संविधान कार्यान्वयन र संरक्षण गर्छु भनी शपथ खाएका राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान विपरितका कदमहरु चालिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेकी छिन् ।

 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको तस्बिर राख्दै सुजाताले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबैलाई प्रेरणा दिन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि एकपछि अर्को प्रहार भइरहेको समेत बताएकी छिन् ।

सुजाताले फेसबुकमा लेखेकी छिन्ः गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु। लामो राजनीतिक संघर्ष र बलिदानीबाट हासिल भएको संघीय लोकतान्त्रिक गणतन्त्र तथा संबिधान माथि अहिले एक पछि अर्को प्रहार भइरहेको छ। संबिधानको कार्यन्वयन र संरक्षण गर्छु भनेर शपथ खाएका प्रधानमन्त्री र रास्ट्रपतिबाट नै संबिधान बिपरितका कदमहरु चालिनु र देशलाई अस्थिरताको दिशामा लैजान खोज्नु दुर्भाग्यपूर्ण छ। हजारौ सहिद तथा लाखौ जनताको राजनीतिक संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न आजको दिनले हामी सबैलाई प्रेरणा दिन सकोस। हार्दिक शुभकामना।



प्रतिक्रिया दिनुहोस्