Logo

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी(विज्ञप्तिसहित)



काठमाडौं १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ वटा अध्यादेश जारी गरेकी छिन् ।आज (शनिबार) बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट ल्याउँदैछ । आज अर्थमन्त्री विष्णु पौडेलले सिंहदबारबाट चार बजे आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्