Logo

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन (लाइभ भिडिओ)



काठमाडौं, १५ जेठ । सरकारले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पनि जनाए ।

त्यस्तै, अर्थमन्त्री पौडेलले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिईने घोषणा गरेका छन् । त्यसको ब्याजदर अधिकतम ५ प्रतिशत तोकिएको छ । र, ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइनेपनि उनले स्पष्ट पारेका छन्।Photo Source: Surya Thapa



प्रतिक्रिया दिनुहोस्