Logo

जनकल्याण परिवारद्वारा रत्नराज्य आइसोलेसनलाई ५० हजार सहयोग



काठमाडौं, १५ जेठ । काठमाडौंको थापाथलीमा रहेको जनकल्याण परिवारले रत्नराज्य आइसोलेसनलाई ५० हजार आर्थिक सहयोग गरेको छ । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न जनकल्याण परिवारले उक्त सहयोग उपलब्ध गराएका हो । पूर्व सिडिओ अम्बीका केसी अध्यक्ष रहेको जनकल्याण परिवारका महासचिव लक्ष्मण थापा र कोषाध्यक्ष पुष्प श्रेष्ठले सांसद श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

काठमाडौ मेडिकल कलेज (केएमसी) सिनामंगलमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत काठमाडौं बानेश्वर निवासी अर्णव खड्काले रत्नराज्य आइसोलेसनलाई २१ हजार १ सय आर्थिक सहयोग उपलब्ध गराएका छन् । डाक्टरी पढ्दै अनलाईन व्यवसायमा संलग्न खड्काले आफ्नै कमाईबाट आइसोलेसन सेन्टरलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।

उनले सांसद श्रेष्ठको पहलमा सञ्चालनमा आएको आइसोलेसन पारदर्शी र व्यवस्थित ढंगले चलिरहेकाले मनैदेखि उक्त सहयोग उपलब्ध गराएको जानकारी दिए । सहयोग रकम लिन सांसद श्रेष्ठ एमबीबीएसका विद्यार्थी खड्काकै घरमा पुगेका थिए ।

लक्ष्मी थापा मगर लक्ष्मी ९ दिदी ०ले रत्नराज्य आइसोलेसनलाई २५ हजार १ सय आर्थिक सहयोग गरेकी छन् । त्यस्तै बानेश्वर निवासी समाजसेवी रेनु जिसीले पनि रत्न राज्य आइसोलेसन सेन्टरलाई ११ हजार आर्थिक सहयोग गरेकी छन् । उक्त सहयोग रकम लिन पनि सांसद श्रेष्ठ जिसीको घरमै पुगेका थिए ।

त्यसैगरी वानेश्वर घर भई हाल बेल्जियम बस्ने रैना बस्नेतले सांसद श्रेष्ठको खातामा बेल्जियमबाट रत्नराज्य आइसोलेसन सेन्टर व्यवस्थापनका लागि १० हजार आर्थिक सहयोग पठाएकी छन् ।
वानेश्वर निवासी रमादेव जोशीले रत्नराज्य आइसोलेसनलाई १० हजार सहयोग उपलब्ध गराएका छन् ।

स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
रत्न पुस्तकालय र वाणेश्वर महादेव मन्दिर व्यवस्थापन गुठीले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्