Logo

विद्युतीय सवारी सस्तो हुने



काठमाडौं, १५ जेठ । सरकारले २०८८ सालभित्र पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापनको महत्वाकांक्षी योजना ल्याएको छ । आज बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले योजना सार्वजनिक गरेका हुन् ।

पेट्रोलियम पद्धार्थबाट सञ्चालन हुने सवारीसाधनको ठाउँमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने योजना समेत ल्याइएको छ । त्यसका लागि विद्युतीय सवारीसाधानलाई सहुलियत दिने घोषणा भएको छ । विद्युतीय सवारी साधान प्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुत छुट दिने बजेट भाषणमार्फत् सार्वजनिक गरेको छ ।

विद्युतीय सवारीमा लाग्ने भन्सार शुल्क पनि उल्लेख्य मात्रामा घटाएको अर्थमन्त्री पौडेलले बताए । अन्तशुल्क खारेज गरेको बताए । विद्युतीय उपकरणको भन्सार दर पनि घटाएको उल्लेख गरे । योसँगै विद्युतीय सवारी सस्तो हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्