Logo

बाबुरामले बजेटलाई नहुने चुनावको एमाले घोषणापत्रको संज्ञा दिए



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८ ७९ को बजेटलाई नहुने चुनावको एमाले घोषणापत्रको संज्ञा दिएका छन् । बजेटबारे टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत डा. भट्टराईले यस्तो बताएका हुन् ।

उनले भनेका छन्-‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बाॅडेको देखियो। पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो।एउटै नयाॅ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो!’



प्रतिक्रिया दिनुहोस्