Logo

नेपाल इराकसँग ६–२ ले पराजित



काठमाडौं, जेठ १६ । इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको छ ।

इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो ।

नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो । दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।

 



प्रतिक्रिया दिनुहोस्