Logo

युइएफए च्याम्पियन्स लिगको उपाधी चेल्सीलाइ



काठमाडौं, जेठ १६ । युइएफए च्याम्पियन्स लिगको उपाधी चेल्सीले जितेको छ । आज बिहान सम्पन्न फाइनल खेलमा चेल्सीले म्यानचेष्टर सिटीलाई १–० गोलले पराजित गर्दै फाइनलको उपाधी हात पारेको हो ।

पोर्टोको स्टेडियो डे ड्रागोमा सम्पन्न खेलमा एक मात्र गोल चेल्सीका काई हाभर्जले गरेका थिए । पहिलो हाफको ४२औं मिनेटमा मेसन माउन्टको पासलाई हाभर्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा भने सिटीको दबदबा निकै बलियो देखियो । तर चेल्सीको रक्षापङ्तीको अगाडि सिटीको केही चल्न सकेन र फाइनल खेल चेल्सीले आफ्नो पक्षमा पार्‍यो ।

यस जीतसँगै चेल्सीको यो नौ वर्ष पछिको दोस्रो उपाधी हो



प्रतिक्रिया दिनुहोस्