Logo

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले गरे ३३ वर्षीया प्रेमिकासंग विवाह



काठमाडौं, जेठ १६ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गरेका हुन् । प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित भएको अन्र्तराष्ट्रिय सञ्चार माध्ययहरुले उल्लेख गरेका छन् ।

५६ वर्षीय प्रधानमन्त्री जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्