Logo

आइतबार बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?



काठमाडौं, १६ जेठ । आज नेपाली बजारमा सुनको मुल्य सामान्य अंकले बढेको छ । शुक्रबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुन आज प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला २ सयले बृद्धि भएको हो । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा खरिद विक्रि भैरहेको महासंघले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्