Logo

भियतनाममा भेटिएको नयाँ भेरिअन्ट ‘निकै खतरानाक’



काठमाडौं, जेठ १६ । भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पहिचान गरेको छ । जुन भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको र त्यो हावाबाट छिट्टै फैलने अधिकारीहरूले बताएका छन्।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लङ्गले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई निकै खतरनाक बताएका छन्।

भाइरसहरू उत्परिवर्तन भइरहन्छन् र धेरैजसो भेरिअन्टहरू महत्त्वपूर्ण हुँदैनन् तर केहीले भने भाइरसलाई थप सङ्क्रामक बनाउँछन्।

सन् २०२० को ज्यानुअरीमा पहिलो पटक कोभिड-१९ पहिचान भएयता हजारौँ उत्परिवर्तनहरू भएका छन्।



प्रतिक्रिया दिनुहोस्