Logo

देउवा निवासमा रणनीति बुन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव



काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा छन् ।

प्रतिनिधिसभा पूनःस्थापनाको लागि राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेको विपक्षी गठबन्धन आवश्यक परे सडकमा नै जानुपर्ने अवस्था आउन सक्छ भन्दै अहिले छलफलमा जुटेका छन् । कोरोना महामारीको मौका छोपेर प्रधानमन्त्री केपी शर्मा ओली संविधान मास्ने खेलमा लागेको उनीहरुको आरोप छ ।

संविधान बचाउनको लागि आवश्यक परे एकपटक सडकमा जानपनि पछि पर्न नहुने नेताहरुको भनाई छ । उक्त छलफलमा कांग्रेसबाट सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन र एमालेबाट निश्काषित नेता माधव कुमार नेपाल र भीम रावल, जसपाबाट उपेन्द्र यादव र बाबुराम भट्टराई छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्