Logo

एमालेमा अहिले प्रतिकुल वातावरण बनिरहेको छ, यसमा प्रचण्डलाई दोष लगाउनु ठिक होईन : बद्री पंगेनी (भिडिओसहित)



काठमाडौं, १६ जेठ । चर्चित लोक गायक बद्री पंगेनीले पार्टी फुट्नु ठिक नहुने भन्दै सबै दलहरु मिल्दा नै राम्रो हुने धारणा राखेका छन् । उनले दलहरु फुट्दा व्यवस्थाको लागि घातक हुने बताए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमालेमा अहिले प्रतिकुल वातावरण बनिरहेको र यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दोष लगाउनु ठिक नहुने धारणा राखे । एमालेभित्रको फुटको अवस्था आउनुमा एमालेकै नेताहरुको दोष रहेको उनको भनाई छ । उनले यसमा विदेशी शक्तिहरुको हात रहेको भन्ने कुरामा आफूलाई कुनै विश्वास नभएको भन्दै त्यस्तो चर्चालाई हावादारी कुराको संज्ञा पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्