Logo

विपक्षी गठबन्धनले भन्यो : सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढ्दो छ (विज्ञप्तीसहित)



काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनले सरकारको संरक्षणमा भ्रष्टाचार र कमिशनखोरी बढेको दाबी गरेको छ । आज बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानको उल्लंघन भएको पनि आरोप लगाएका छन् । विपक्षी गठबन्धनले देशमा दीर्घकालिन असर पार्ने निर्णय नगर्न सरकारलाई चेतावनी समेत दिएको छ । त्यस्तै, सरकारका संविधान विपरितका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गरेका छन् ।

हेरौं विज्ञप्तीको पूर्णपाठ



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम