Logo

देश कोरोना, आँधीबेहरी र भुकम्पसँग एकसाथ लडिरहेको छः मोदी



काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश कोरोना, आँधीबेहरी र भुकम्पसँग एकसाथ लडिरहेको बताएका छन् । मोदीले देशवासीको नाममा सम्बोधन गर्दै आइतबार देशले तीन संकटसँग एकसाथ लडिरहेको उल्लेख गरे । कोभिड–१९ विरुद्ध पुरै देशको शक्ति खर्चेर लडिरहेको उनको तर्क थियो ।

मोदीले कोरोनाको सुरुवातमा १ ल्याब मात्र भएको र आजको दिनसम्म हजारौ ल्याबमा काम गरिरहेको जिकिर गरे । उनले स्वास्थ्यकर्मी तथा फ्रन्टलाइनमा काम गर्नेहरुको प्रंशसा गर्दै यस्तो गर्मीमा पनि फ्रन्टलाइनमा काम गर्नेहरुले पीपीई लगाएर काम गर्दा निकै गाह्रो भएको पनि सुनाए । अक्सिजन सप्लाईमा रेलको महत्वपुर्ण भुमिका भएको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले चक्रवात र भुकम्पको उल्लेख गर्दै धेरै यी संकटबाट राज्यहरु प्रभावित भएको बताए । विशेष गरि राहत र उद्धार कार्यमा सम्लग्न हुनेहरुलाई मोदीले धन्यवाद दिए । साथै आपतकालमा ज्यान गुमाउने परिवारप्रति शोक व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्