Logo

विपक्षी गठबन्धनको संयुक्त विज्ञप्तीमा माधव नेपालले गरेको हस्ताक्षरमा सूर्य थापाले उठाए प्रश्न



काठमाडौं, १६ जेठ । कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, माधव नेपाल समूह र जनमोर्चाको विपक्षी गठबन्धनमा माधव कुमार नेपालले नेकपा (एमाले) को तर्फबाट हस्ताक्षर गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न उठाएका छन् । उनले संयुक्त विज्ञप्तीमा नेता नेपालले गरेको हस्ताक्षरलाई अनाधिकृत कार्यको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्-‘अनाधिकृत कार्य- विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेकाे वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ। नेकपा(एमाले)मा वरिष्ठ नेताकाे दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएकाे पनि छैन। अझै विधि र पद्धति!’



प्रतिक्रिया दिनुहोस्