Logo

पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ



कैलाली, १६ जेठ । मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भजनी नगरपालिका–३ पडरिया बस्ने ४२ वर्षीय प्रेमराज जैशीको गोदाम बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना बिहीबार पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरुमा कैलाली धनगढी उपमहानगरपालीका–१७ बस्ने २१ वर्षीय सुरेश चौधरी र सोही उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । गत जेठ ९ गते राति चोरी भएको उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपलिका–७ देबरीयास्थित जंगलमा मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरु माथि चोरी शीर्षक मुद्दामा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot