Logo

के तपाईको चिनामा लामो उमेरको योग छ ? छैन भने यसो गर्नुहोस्



एजेन्सी । भविष्यमा सबैकुरा अनिश्चित हुन्छन् भन्ने कुरा ज्योतिष शास्त्र अध्ययनबाट पाइन्छ । जीवन हाम्रोे भाव, विचार र कर्मबाट निर्मित हुन्छ । कर्मको गतिको आधारमा नै भविष्यको बारेमा बुझन सकिन्छ । यद्यपि सबैकुरा अनिश्चित छ । लामो आयु जस्ता कुरा कर्मबाट निश्चित गर्न सकिदैन् । प्रकृति वा इश्र्वरले नै आयु दिने गर्छन् ।

जन्म देखि मृत्युसम्मलाई आयु भनिन्छ । ऋषिमुनिहरुले आयुलाई अरिष्टयु, अल्पायु, मध्यायु, दिर्घायु र परमायुमा विभाजित गरेका छन् । आयुर्वेदको अनुसार प्रकृतिले मानिसलाई १२० पटक मौका दिन्छ तैपनि आधुनिक युगका कारण मानवले आफैले आफ्नो औसत आयु घटाए ।

यस्तो हुन्छ चिनामा लामो आयुको योग
चन्द्र र गुरु बाह्रौ भावमा बसेको भए जीवन लामो हुन्छ ।यदि सुर्य र चन्द्रमाको एघारौ भाव भएपनि आयु लामो हुन्छ ।
दशौ भावमा शनि र दोस्रो भावमा स्त्री ग्रह र एघारौ भावमा सुर्य र राहु तथा शनि भएमा अशुभ हो । यदि पुरुष ग्रहमा सँगै भए वा सँगै नभएपनि दिर्घायु हुन्छ ।
रातो किताबको अनुसार आयुको सम्बन्ध चन्द्रमासँग हुन्छ । आयु चन्द्रमाको स्थितिबाट निर्धारण हुन्छ । यदि चन्द्र शुक्रसँग सम्बन्धित छ भने आयु ८५ वर्षको हुनेछ । पुरुष ग्रहको साथ भएमा ९६ वर्षको आयु हुन्छ । यदि पाप ग्रहसँग सम्बन्धित भएमा ३० वर्षको आयु हुन्छ अर्थात ६० वर्ष भन्दा कमको ।

कसरी आयु लामो बनाउने
-गुरु ग्रहः शुद्ध सात्विक, शाकाहारी भएर बिहीबार, एकादशी र पुर्णिमाको व्रत गर्ने । निधारमा चन्दन वा केसरीको टिका लगाउने । झुठ नबोल्ने, पिपलको रुखमा पानी चढाउने र आफुभन्दा ठुलासँग नरिसाउने ।
-योग गर्नेः योग गर्न थाल्नुहोस् । सधै योग गर्दा लामो आयु प्राप्त हुन्छ ।
-प्राणायामः प्राणवायुबाट आयु निर्धारित हुन्छ । हामी भित्र भएको हावाको वायु आवागमन नै प्राणवायु हो । यसले श्वास प्रश्वासमा स्थिरता तथा सन्तुलनदेखि शरीर, मनमा पनि स्थिरता र सन्तुलन बढाउछ । यसबाट रोग प्रतिरोधक क्षमताको विकास हुन्छ । साथै मनलाई स्थिर रहदा यसको नकरात्मक असर मस्तिष्कमा पर्न दिदैन् ।
-सिमित आहारः जति खाना लिने क्षमता हुन्छ, त्यो भन्दा केही थोरै खाना खानुपर्छ र खानाका प्रयोग हुने तत्व पनि सिमित हुनुपर्छ यही सिमित आहार हो । यस अनुसार खानामा मसालाको प्रयोग थोरै मात्रामा हुनुपर्छ । खाना खानुभन्दा पहिला ईश्वरलाई सम्झनुपर्छ । यस्ता योगाभ्यासले स्फुर्ति बढ्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्