Logo

नेप्सेमा इतिहासकै नयाँ रेकर्ड, १७ अर्ब बढीको कारोबार



काठमाडौं, १६ जेठ । साताको कारोबारको पहिलो दिन नेप्सेमा सर्वाधिक कारोबार भएको छ । आज (आइतबार) नेप्से १२ दशमवल ५४ अंकले बढेर २८ सय २७ उच्च विन्दुमा पुगेको हो ।

आज ४ लाख २६ हजार ३६ हजार ३४८ कित्ता शेयर खरिद विक्रि भएर १७ अर्ब २ करोड ८४ लाख  रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३५ अंकले बढेर ५०७ दशमलव ५ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटक कारोबार हुँदा १७ अर्ब बढीको कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्