Logo

शेयर बजारमा आज यी कम्पनीको सवाधिक कारोबार



काठमाडौं, १६ जेठ । शेयर बजारमा आज ४ लाख २६ हजार ३६ हजार ३४८ कित्ता शेयर खरिद विक्रि भएर १७ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ३५ अंकले बढेर ५०७ दशमलव ५ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी नेशनल हाइड्रो पावर कम्पनीको कारोकार सर्वाधिक भएको छ । कम्पनीको प्रतिकित्ता २५४ रुपैयाँ शेयरमुल्य कायम भई ४७ करोड ४० लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, अरुण कावेली पावरको प्रतिकित्ता शेयरमुल्य ४५३ रुपैयाँ कायम भई ४६ करोड ९२ लाख भन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड ३१ लख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज वुटवल पावर, अपी पावर, चिलिमे हाईड्रोपावर, सानिमा माई हाईड्रोपावर, एचडिएचपीसी, रसुवागढी हाईड्रोपावर, एशियन लाइफको सर्वाधिक काराबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्