Logo

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक



काठमााडौं, १६ जेठ । आज २१९ कम्पनीको १ लाख ७३ हजार ५३७ पटक कारोबार हुँदा १७ अर्ब बढीको शेयर कारोबार भएको छ । आइतबार नेप्से १२ दशमवल ५४ अंकले बढेर २८ सय २७ उच्च विन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार आज ज्योति विकास बैंकको सकरात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले शेयरमुल्य बृद्धि भएको हो । बैंकको प्रतिकित्ता ३३ रुपैयाँले बढेर ३६३ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको हो ।

त्यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको लगानीकर्ताले आज ९.९६ प्रतिशतले कमाएका छन् । कम्पनीको प्रतिकित्ता २७ रुपैयाँले शेयरमुल्य वृद्धि भई २९८ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, आँखु खोला जलविद्युत कम्पनीको आज ९.९५ प्रतिशतले शेयरमुल्य बृद्धि भएको छ । कम्पनीको प्रतिकित्ता २६ रुपैयाँले बढेर २८७ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भएको हो ।

आज शेयरमुल्यमा उच्च बृद्धि हुने अन्य कम्पनीहरुमा गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड, ओरियन्टर होटल, आनीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक लगायत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्