Logo

एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती : भीम रावल



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले एमसीसीको लागि बजेट छुट्याएको भन्दै विरोध जनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिएर नेपालको स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसद्बाट अनुमोदन नै नभएको एमसीसीसँगको सम्झौता कार्यान्वयनको लागि बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परीणाम भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!”



प्रतिक्रिया दिनुहोस्