Logo

जेठ १८ र १९ गते कास्कीमा भेरोसिल खोपको दोस्रो मात्रा लगाइदै



पोखरा, १६ जेठ । जेठ १८ र १९ गते कास्की जिल्लामा कोरोना भाइरस विरुद्धको भेरोसिल खोपको दोस्रो मात्रा लगाइने भएको छ । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय कास्कीले भेरोसिलको पहिलो मात्रा लागइसकेकाहरुका लागि मंगलबार र बुधबार रामघाटस्थित स्वास्थ्य कार्यालयमा खोपको दोस्रो मात्रा लगाउने जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालयले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पुरा अपनाई बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्ममा खोप कार्ड लिएर खोप सेवा लिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्