Logo

अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो : भीम रावल



काठमाडौं, १६ जेठ । नेकपा (एमाले) बाट निश्काषित नेता डा. भीम बहादुर रावलले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेताको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले आजको एक कार्यक्रममा पार्टी अनुशासनही र अराजक भएको भनेको कुरा उल्लेख गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो लेखेका छन्-“प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।”



प्रतिक्रिया दिनुहोस्