Logo

प्रधानमन्त्री ओलीमाथि खनिए भीम रावल, विदेशी गुप्तचरसँग राति साउती गरेको आरोप



काठमाडौं, १६ जेठ । नेकपा ९एमाले० बाट निश्काषित नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनिष्टको काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् । नेता रावलले प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक९पटक प्रतिनिधि सभा भंग गरेको र संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरुहरुलाई गुट राजनीतिमा धकेल्ने काम गरेको लगायत गम्भीर आरोप लगाएका छन् ।

उनले लेखेका छन्-“राष्ट्रपतिसंग मिलिमतो गरी संविधान मिच्दै पटक-पटक प्रतिनिधि सभा भंग गर्ने, संवैधानिक परिषदमा मनपरी गरी संवैधानिक अंगहरूलाई गुट राजनीतिमा धकेल्ने, विदेशी गुप्तचरसंग राती साउती गर्ने,राष्ट्रहित विपरीत काम गर्ने र दुई तिहाइलाई अल्पमतमा झार्ने प्रमं केपीले नै अनिष्टको काम गरेको ठहर्छ।”



प्रतिक्रिया दिनुहोस्