Logo

संक्रमित महिलाको शल्यक्रिया



बैतडी, जेठ १७ । जिल्लामा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रिया मार्फत सुत्केरी भगराइएको छ । दशरथचन्द नगरपालिका–४ की २१ वर्षीया महिलाले शनिबार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।

९ दिनअघि कोरोना पुष्टी भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । एक हप्ताअघि नै सुत्केरी हुने मिति रहेकोमा महिलामा सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। शुक्रबार राति अस्पताल भर्ना भएकी ती महिला नर्मल हिसाबले सुत्केरी हुन नसकेपछि शल्यक्रिया मार्फत सुत्केरी गराइएको हो ।अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्