Logo

आज सुनचाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, १७ जेठ । आज नेपाली बजारमा पहेलो धातुको मुल्य बढेको छ । सोमबार सुनको मुल्य तोलामा २ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, आइतबार ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, सोमबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला १३ सय ५५ रुपैयाँमा खरिद विक्रि भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्