Logo

प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने समय थप



काठमाडौं, १७ जेठ ।loले जेठ ११ गतेदेखि विक्रिमा ल्याएको ४० लाख कित्ता १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने समय थप गरेको छ । बैंकले सो अवधिमा ऋणपत्र विक्रि नभएपछि जेठ २६ गतेसम्म समय थप गरेको हो ।

कुल कित्ता ऋणपत्रमध्ये २४ लाख कित्ता व्यक्तिगत तरिकाले विभिन्न संघ संस्थाहरुलाई र बाँकी रहेको १६ लाख कित्ता सामुहिक लगानी कोषमा विक्रि गर्ने बैंकले जनाएको छ ।

सामुहिक लगानीकोषबाट सर्वसाधारणलाई छुट्टाइएको १६ लाख कित्ताबाट २५ सय कित्ता सामुहिक लगानी र बाँकी भएको १५ लाख ९७ हजार ५ सय कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्