Logo

प्रधानमन्त्री ओली अराजकः भिम रावल



काठमाडौं, १७ जेठ । नेकपाका प्रभावशाली नेता डा. भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वेच्छाचारी, अनुशासनहीन र अराजकको संज्ञा दिएका छन् । उनले पार्टी महाधिवेसन निर्णय, विधान, निर्वाचित कमिटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने भन्दै यस्तो आरोप लगाएका हुन् ।

रावलले सामाजिक सञ्जाल लखेका छन्, ‘प्रमं केपीले एउटा भेलामा पार्टी नेतृत्व अनुशासनहीन र अराजक भएको भन्नु भएछ।हो, पार्टी महाधिवेशनको निर्णय,विधान, निर्वाचित कमटी नमान्ने, अधिवेशनबाट निर्वाचित कमिटीलाई भंग गरेर गुटका मानिस भर्ती गर्ने र जे मन लाग्यो त्यही स्वेच्छाचारी, अनुशासनहीन र अराजक काम गर्ने नेता केपीजी नै हो।’ File photo



प्रतिक्रिया दिनुहोस्