Logo

समाजसेवी सोभित उप्रेतीद्वारा रत्नराज्य आइसोलेसनलाई ५० हजार सहयोग



काठमाडौं, १७ जेठ । काठमाडौं ३१ वडा निवासी समाजसेवी एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य शोभित उप्रेतीले रत्नराज्य आइसोलेसलाई ५० हजार सहयोग गरेका छन् ।

दोलखा स्थायी घर भएका उप्रेतीले सांसद दीपेन्द्र श्रेष्ठ मार्फत उक्त सहयोग रत्नराज्य आइसोलेसनलाई दिएका हुन् । बाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा 100s ग्रुपले व्यवस्थापन गरेको काठमाडौ महानगर वडा नम्बर १० स्थित मध्यबानेश्वरको रत्नराज्य स्कुलमा सञ्चालित आइसोलेसन सेन्टरलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन नेता उप्रेतीले उक्त सहयोग दिएका हुन् ।

बुद्धनगरस्थित समाजसेवी कृषलाल श्रेष्ठले पनि रत्नराज्य आइसोलेसनलाई ५१ हजार आर्थिक सहयोग गरेका छन् । घट्टेकुलो निवासी कांग्रेस नेतृ एवं समाजसेवी अम्बीका सुवेदीले ११ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेकी छन् ।

पूर्वकर्णेल सूवर्णकुमार खड्काले १५ हजार ५ रुपैयाँ आर्थिक सहयोग रत्नराज्य आइसोलेसनलाई उपलब्ध गराएका छन् । बुद्धनगरस्थित समाजसेवी गोविन्द पोखरेलले १० हजार १ सय आर्थिक सहयोग प्रदान गरेका छन् । वानेश्वर महादेवस्थान निवासी समाजसेवी अजयसिंह भण्डारीले ५ हजार आर्थिक सहयोग रत्नराज्य आइसोलेसनलाई दिएका छन् ।

काठमाडौंको थापाथलीमा रहेको जनकल्याण परिवारले रत्नराज्य आइसोलेसनलाई ५० हजार आर्थिक सहयोग गरेको छ । पूर्व सिडिओ अम्बीका केसी अध्यक्ष रहेको जनकल्याण परिवारका महासचिव लक्ष्मण थापा र कोषाध्यक्ष पुष्प श्रेष्ठले सांसद श्रेष्ठलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

लक्ष्मी थापा मगर लक्ष्मी (दिदी)ले रत्नराज्य आइसोलेसनलाई २५ हजार १ सय आर्थिक सहयोग गरेकी छन् । काठमाडौ मेडिकल कलेज (केएमसी) सिनामंगलमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत काठमाडौं बानेश्वर निवासी अर्णव खड्काले रत्नराज्य आइसोलेसनलाई २१ हजार १ सय आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

स्थानीय समाजसेवीहरू अनमिका अर्याल भरत ढकाल, नरेश थापा क्षेत्री , अशोक कार्कीलगायतको सहकार्यमा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा आएको हो ।
रत्न पुस्तकालय र वानेश्वर महादेव मन्दिर गुठी व्यवस्थापन समितिले पनि आइसोलेसन सेन्टरलाई टेन्टलगायतका भौतिक सहयोग उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्