Logo

विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछौं भन्नु लोकतन्त्र होइन्ः सुर्य थापा



काठमाडौं, १७ जेठ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछु भन्ने लोकतन्त्र नभएको जिकिर गरेका छन् । थापाले काग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा भइरहेको गठबन्धन कानुनतः दुषित भएको दाबी गर्दै यस्तो बताएका हुन् ।

उनले भदौ १२ मा अदालतको गलत फैसलाको लिसो चढेको समेत आरोप लगाएका छन् । अनाधिकृत हस्ताक्षरले बन्न पाए गज्जबै हुने भन्दै थापाले व्यग गरेका छन् ।

उनले लेखेका छन्, ‘दुषित कार्य- कानुनत: दुषित कार्य जाे भनिन्छ,अहिले शेरबहादुर देउवाको नेतृत्वमा भइरहेछन्। विघटित प्रतिनिधिसभाका सांसदले प्रम बनाउछाैं भन्नु लाेकतन्त्र हाेइन। उहाँले भदाै १२मा अदालतकाे गलत फैसलाकाे लिस्नाे चढेको नै संझिनुभएकाे हाेला। अनाधिकृत हस्ताक्षरले बन्न पाए त गज्जबै हुन्थ्यो!’



प्रतिक्रिया दिनुहोस्