Logo

बाबुरामको टिप्पणी : अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं



काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी फुट्ने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो संकेत गरेका हुन् ।

उनले भनेका छन्-“अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाॅ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ।समयले नयाॅ ध्रुवीकरण खोज्दैछ।अत:मान्छे तानातान र किनबेचको तमासा नगरौं!भेडाभेडासंग र बाख्राबाख्रासंग हुन दिऊॅ!हातमिलाएर आआफ्नो बाटो लागौं!हिडिरहे फेरि भेटहुनेछ!”

पछिल्लो समय जसपाभित्रको विवाद उत्कर्षमा छ । अध्यक्ष उपेन्द्र यादव नेतृत्वको समूह विपक्षी गठबन्धनमा उभिएको छ भने अध्यक्ष महन्थ ठाकुर नेतृत्वको समूह भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक छन् । ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ । जसपानिकट स्रोतकाअनुसार ठाकुर पक्ष आज भोलिभित्रै सरकारमा सहभागी हुने भएको छ । यही सन्दर्भमा डा. भट्टराईले अब आ-आफ्नो बाटो लाग्दा हुन्छ भन्ने टिप्पणी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्