Logo

हाइड्रोइलेक्ट्रिसिटी कम्पनीले ११ करोड कित्ता हकप्रद निष्कासन गर्दै



काठमाडौ, १७ जेठ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) लिमिटेडले  ११ करोड कित्ता हकप्रद शेयर निस्कासन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निस्कासन गर्नका लागि जेठ २८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । हालसम्म भने कम्पनीले हकप्रद निष्कासनको मिति तय गरेको छैन् ।

कम्पनीको अनुसार संचालक समितिको बैठकले जेठ २७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै उक्त हकप्रदमा आवेदन दिन सक्ने निर्णय गरेको हो ।
१ः१ को अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकितदरका उक्त हकप्रद शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीलाई हकप्रद निष्कासन गर्नको लागि धितोपत्र बोर्डले अनुमति यसअघि नै दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्