Logo

ललितपुरमा खेलाडीसहित तीन जना लागु औषधसहित पक्राउ



काठमाडौं १७ जेठ । ललितपुरमा भलिवल खेलाडीसहित तीन जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ । जावलाखेल भलिबल टिममा आबद्ध अनुप श्रेष्ठसहित अन्य दुई जनालाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको हो। श्रेष्ठ भलिबल खेलाडी भएको बताइएको छ ।

उनीसँगै अम्रिता खड्का र परदु गुरुङलाई लागु औषधसहित ललितपुर प्रहरीले पक्राउ गरेको हो ।तीन महिनादेखि निगरानी गरेर उनीहरुलाई पक्राउ गरिएको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताइन् । उनीहरु लागु औषध दुव्र्यसनी समेत भएको खुलेको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्