Logo

विहारमा लकडाउन एक हप्ता थपियो, व्यापारका लागि छूट



एजेन्सी, १७ जेठ । नेपालसँग सीमा जोडिएको भारतको विहार राज्यमा लकडाउन एक हप्ता थपिएको छ । आज मुख्यमन्त्री नितिश कुमारले लकडाउन एक हप्ता थपिएको जानकारी दिएका हुन् ।

नितिश कुमारले ट्वीट गर्दै लकडाउन ८ जूनसम्म बढाउने निर्णयबारे जानकारी दिए । तर, व्यापारका लागि भने छूट दिइएको छ । उनले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सबैलाई सामाजिक दूरी कायम राख्न आग्रह समेत दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्