Logo

कंगना रनौतको बडीगार्ड पक्राउ



एजेन्सी, १७ जेठ । बलिउड अभिनेत्री कंगना रनौतको बडीगार्ड कुमार हैगडेलाई प्रहरीले पक्राउ गरेको छ । बडीगार्ड कुमारमाथि एक युवतीले विवाह गर्छु भन्दै पटक–पटक बलात्कार गरेको आरोप लगाएकी छिन् ।

कंगनाको निजि बडीगार्ड कुमार हाल प्रहरी हिरासतमा छन् । कुमार कनार्टकको गाउँ मांड्याको हेगडाहल्लीबाट शनिबार पक्राउ परेका हुन् । युवतीले आफ्नो ५० हजार रुपैयाँ कुमारले लिएको आरोप पनि लगाएकी छिन् ।

प्रहरीको अनुसार कुमारलाई ३० वर्षीया एक ब्युटिसियनले बलात्कारको आरोप लगाएकी हुन् । कुमार र पिडित युवतीको ८ वर्षदेखि चिनजान थियो । कुमारले युवतीलाई पछिल्लो जुन महिनामा विवाह गर्ने आवाश्वन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्