Logo

श्री कृष्णलाई कसले दियो बासुरी, यस्तो छ पौराणीक रोचक कहानी



एजेन्सी, १७ जेठ । द्धापर युगको समयमा जब भगवान श्री कृष्णले धर्तिमा जन्म लिए तब देवी–देवताहरु रुप बदलेर समय–समयमा उनलाई भेट्न धर्तिमा आउन थाले । यसै क्रममा भगवान शिवलाई पनि कृष्णसँग भेट्न मन लाग्यो र उत्सुकता देखाए ।

कुष्णलाई भेट्न जाँदा के उपहार लैजाने भनेर सोच्न थाले । शिवले कृष्णलाई पनि मन पर्ने र सधै उनको साथमा हुने वस्तुको खोजी गरे । सोही समयमा शिवको साथमा ऋषि दधीचिको महाशक्तिशाली हड्डी थियो । । ऋषि दधिचि महान ऋषि हुन् । जसले धर्मको लागि आफ्नो शरीर त्यागेका थिए । उनले आफ्नो शक्तिशाली शरीरको सबै हड्डी दान गरेका थिए । उनकै हड्डीको सहायताले विश्वकर्माले तीन धनुष पिनाक, गांडीव, शारंग तथा इन्द्रको वज्रकोे निर्माण भएको थियो ।

शिवले सोही हड्डीलाई काटकुट गरे एक सुन्दर एवं मनोहर बाँसुरीको निर्माण गरे । शिव भगवानले श्री कृष्णलाई भेट्न गोकुल पुगेर श्री कृष्णलाई उपहार स्वरुप बाँसुरी (बंसी) प्रदान गरेका हुन् । उनले आर्शीवाद सहित बाँसुरी दिएपछि भगवान कृष्णले उक्त बाँसुरी आफुसँग राख्न थालेका हुन् ।



प्रतिक्रिया दिनुहोस्