Logo

अक्षय कुमारको ‘पृथ्वीराज’ विवादमा, करणी सेनाले दिए यस्तो चेतावनी



एजेन्सी, १७ जेठ । बलिउडका चर्चित अभिनेता अक्षय कुमार व्यस्त कलाकार मध्ये एक हुन् । उनका फिल्म रिलिज हुने क्रममा धेरै छन्, ति मध्ये एक हो ‘पृथ्वीराज’ । यो फिल्म राजा पृथ्वीराज चौहानको जिन्दगी र उनको विरतामा आधारित छ ।

तर उनको यो फिल्म रिलिज नहुँदै विवादमा मुछिएको छ । करणी सेनाले अक्षयको यस फिल्मलाई लिएर आपत्ति जनाएका छन् । जसको जिन्दगीमा आधारित छ उसैको नामबाटै फिल्मको नाम राख्न नहुने करणी सेनाको तर्क छ ।

करणी सेनाले फिल्मको टाइटाल बदल्नुपर्ने माग गरेका छन् । उनले आफ्नो माग पुरा नभएमा परिणाम भोग्न तयार हुन पनि चेतावनी दिएका छन् । सेनाले सन्जय लिला भंसालीको फिल्म पद्यावतको विरोध गरेपछि फिल्मको नाम पद्यावती बाट पद्यावत राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्