Logo

बुटवलमा नेविसंघद्वारा सांकेतिक विरोध प्रदर्शन



बुटवल, १७ जेठ । नेपाल विद्यार्थी संघका नेताले सरकारको सांकेतीक विरोध गरेका छन् । उनीहरुले आज बुटवलको तामनगरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरलाई बयलगाढामा चढाई विरोध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गए जस्तै हो भनी दिएको टिप्पणीलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको नेविसंघका नेता सुदिप शर्माले बताए ।

उनले संविधान विपरित काम गर्ने प्रधानमन्त्री र उनलाई साथ दिने राष्ट्रपतिले कोरोना महामारीका बीचमा समेत नागरिकको स्वास्थ्य भन्दा राजनितिक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरित काम गरेको भन्दै नागरिकको मन जित्न नसक्ने सरकार नचाँहीने बताए ।

उनीहरुले प्रदर्शनसंगै प्रधानमन्त्रि र राष्ट्रपतिको राजिनामाको समेत माग गरेका थिए । प्रदर्शनमा शर्मासंगै सुन्दर आर्याल , दीपक घिमिरे मनिष श्रेष्ठ, सुजु घले, नारायण पोखरेल, अमृत भण्डारी, सुमन गुरुङ, लक्ष्मण न्यौपाने, सृजना गरी, सागर घिमिरे, सुरज श्रेष्ठ लगायत बिधार्थी नेता तथा सर्वसाधारणको समेत उपस्थिती रहेको थियो।



प्रतिक्रिया दिनुहोस्