Logo

अनुष्का र विराटले सामाजिक सञ्जालबाट छोरीलाई टाढा राख्नुको यस्तो छ कारण



एजेन्सी, १७ जेठ । बलिउडकी सुन्दर अभिनेत्री अनुष्का शर्मा र क्रिकेट खेलाडी विराट कोहली जनवरीमा एक छोरीको आमा–बाबु बनेका थिए । उनीहरुले छोरीको नाम वामिका राखेका छन् । तर, हालसम्म छोरीको सुन्दर अनुहार सामाजिक सञ्जालमा देखाएका छैनन् ।

विराट र अनुष्कालाई सबै भन्दा बढी सोधिने प्रश्न नै सामाजिक सञ्जालबाट छोरीलाई टाढा राख्नुको कारण हो । यसैक्रममा आज भने विराटले प्रश्नको जवाफ दिएका छन् । उनले दुर्गा मां को दोस्रो नाम वामिका भएको भन्दै छोरी आफै बुझ्ने भएपछि मात्र सामाजिक सञ्जालमा ल्याउने बताएका छन् । उनीहरुको विवाह २०१७ मा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्