Logo

कोराना माहामारीमा तरुण दलका नेता गोबिन्द पौडेलद्वारा सहयोग



काठमाडौं, १७ जेठ । विश्व नै कोरानाको माहामारीबाट आक्रान्त भइरहेको बेला नेपाल तरुण दलका युवा नेता गोबिन्द पौडेलले सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएका छन् ।

तरुण दलका युवा नेता गोबिन्द पौडेल र ओखलढुंगा लिखु गाउँपालिका– ८ टारकेराबारीका युबा व्यवसायी तथा समाजसेवी अनन्त पौडेलले टारकेराबारी सेवा समाजले कोभिड नियन्त्रणका लागि संचालन गरेको सहयोग अभियानको लागि ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेका हुन् ।

त्यसैगरी तरुण दलका नेता पौडेलको नेतृत्वमा गोर्खाको, भिमसेन गाउपालिकाको जनचेतना युवा क्लवलाई पनि कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामाग्री सहयोग गरेका छन् ।

पौडेलले सर्लाहीको बाल युवा क्लबलाई ३० थान अक्सिमिटर, २५ हजार मास्क र केही थान सेनिटाइजर सहयोग उपलब्ध गराएका छन् । नेपाल तरुण दल ओखलढुंगा र नेता पौडेलको सहकार्यमा ओखलढुंगा लगायत विभिन्न जिल्लामा कोभिड नियन्त्रणको लागि अझै थप स्वस्थ्य सामाग्री उपलब्ध गर्ने योजना रहेको नेता पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्