Logo

शेयर बजार ४५ अंकले घट्दा १३ अर्ब बढीको कारोबार



काठमाडौं, १७ जेठ । साताको कारोबारको दोस्रो दिन आज शेयर बजार ओरालो लागेको छ । आज ४५ दशमलव २५ अंकले घटेर परिसुचक २७ सय ८२ दशमलव ६८ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ५८ अंकले घटेर ५ सय दशमलव ४७ विन्दुमा रोकिएको हो ।

नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीको १ लाख ४८ हजार ५ सय ३८ पटक कारोबार भएर १३ अर्ब ८९ करोड ८ लाख ८८ हजार १७१ रुपैयाँ बराबरको ३ लाख ८ हजार ५४ प्रतिकित्ता शेयर खदिर विक्रि भएको छ । सोमबार म्युर्चुअल फण्ड बाहेक १२ उपसमुहको नेप्से परिसुचक घटेको छ ।

 



प्रतिक्रिया दिनुहोस्