Logo

आज राधी विद्युतसहित यी कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं, १७ जेठ । नेप्से आज १ दशमलव ६० प्रतिशतले घट्दा १३ अर्ब ८९ करोड बढीको शेयर कारोबार भएको छ । आज केही कम्पनीको कारोबार सर्वाधिक भएको छ ।

नेप्सेको अनुसार आज राधी विद्युत कम्पनीको ९१ करोड ७ लाख बढीको कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १२ सय ५६ रुपैयाँ शेयरमुल्य कायम भएको छ ।

यसैगरी, आज लुम्बिनी विकास बैंकको ४० करोड बढीको शेयर कारोबार भएको छ । बैंकको प्रतिकित्ता ३९९ रुपैयाँ शेयरमुल्य कायम भएको छ । त्यस्तै, आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट विकास बैंकको ३२ करोड बढीको कारोबार भएको छ कम्पनीको ५६६ प्रतिकित्ता शेयरमुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्