Logo

प्रचण्ड, माधव नेपाल र उपेन्द्र–बाबुरामबीच चुनावी मोर्चा बनाउनेबारे छलफल



काठमाडौं, १७ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) बाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जसपाकै संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच चुनावी मोर्चा बनाउनेबारे सहमति भएको छ ।

पछिल्लो समय कांग्रेससहितको विपक्षी गठबन्धनमा रहेका यी चार शीर्ष नेताहरुबीच चुनावी गठबन्धन बनाएर अघि बढ्नेबारे छलफल भएको बुझिएको छ । कतिसम्म भने समाजवादको लक्ष्य हाँसिल गर्ने उद्देश्यका साथ अघि बढेकोले चार नेताबीच पार्टी एकता नै गरेर जानुपर्नेबारे पनि छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरेर संविधानमाथि प्रहार गरेको भन्दै ओलीलाई सत्ताच्यूत गर्न कांग्रेससहितको विपक्षी गठबन्धनमा उभिएका चार नेताहरु चुनावसम्म सहकार्य गर्नेगरि छुट्टै छलफलमा बसेका हुन् । संविधान जारी गर्दापनि यादव त दाहाल नेतृत्वको मोर्चामा थिए ।

दाहालसँग यादवको केमेष्ट्री मिलेको छ । दाहाल र नेपाल त २०७५ जेठ ३ गतेबाट गत फागुन २३ गतेसम्म एउटै पार्टीमा थिए । दाहाल अध्यक्ष थिए भने नेता नेपाल वरिष्ठ नेता । अदालतले एमाले र माओवादी केन्द्र ब्यँुताईदिएपछि उनीहरु आ आफ्नो पार्टीमा फर्किएका थिए । तर, अध्यक्ष ओली पार्टी एकता पूर्वको अवस्थामा फर्कन नमानेपछि नेपाल समूह असन्तुष्ट रहँदै आएको थियो ।

नेपाल पक्षका २८ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गरेर संसद् बैठक नै बहिष्कार गरेका थिए । पछिल्लो समय त प्रधानमन्त्री ओलीलाई विस्थापित गर्नको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ जना सांसदले हस्ताक्षर नै गरेका छन् । यो कदमपछि ओलीले माधव नेपालसहित ११ जना सांसदलाई पार्टीबाट निश्काषन गरेका छन् । र, आज भोलिभित्रै अरु १२ जनालाई पनि निश्काषन गर्ने तयारी गरेका छन् । नेता नेपालले अब आफूहरु छुट्टै पार्टी गठनको तयारीमा रहेको बताईसकेका छन् । दाहाल र नेपालबीच नयाँ कम्युनिष्ट पार्टी गठनबारे समेत छलफल भएको छ ।

तर, नेपाल पक्षका नेताहरुले तत्काल पार्टी एकता गर्नुभन्दापनि चुनावी गठबन्धन गर्नसम्म सकिने भन्दै तत्काल एकता गर्न नहुने सुझाव दिएको बुझिएको छ । तर, नेपाल भने तत्काल नयाँ पार्टी गठन गरेर माओवादी केन्द्रसँगपनि एकता गरेर नयाँ कम्युनिष्ट पार्टी बनाउनुपर्ने पक्षमा पुगेका छन् । यसको लागि दाहाल, नेपाल, यादव र भट्टराईबीच छलफलसमेत भएको बुझिएको छ ।

अहिले प्रतिनिधिसभा पूनःस्थापनाको लागि कांग्रेससँगै एउटै मोर्चामा संघर्ष उत्रिने उनीहरुको सल्लाह छ । नेपालले गठन गर्ने पार्टीमा वामदेव गौतमपनि सहभागी हुने चर्चा छ । लामो समयसम्म लडेर ल्याएको परिवर्तन उल्टाउने काम हुन लागेको भन्दै परिवर्तनकारी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने शीर्ष चार नेताहरुको मत छ । नेता नेपालनिकट विद्यार्थी नेताहरुले नयाँ दल दर्ताको लागि आह्वान दिएको खबर पनि छ । यो संयोगमात्रै हो वा नेता नेपालकै निर्देशमा भएको हो ? भन्नेबारे पनि चर्चा छ ।

तर, नेपाल आँफैले पनि आफूहरु नयाँ पार्टी गठनको तयारीमा होमिएको बताउनुले निर्वाचन आयोगमा उनीनिकट विद्यार्थी नेताहरुले नयाँ दल दर्ताको लागि आवेदन दिनु संयोगमात्रै होईन । यो त नेता नेपालकै निर्देशमा भएको मान्न सकिन्छ । उता, उपेन्द्र यादव र महन्थ ठाकुर अध्यक्ष रहेको जनता समाजवादी पार्टी, नेपाल फुटको संघारमा छ । ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएको छ । तर, यादव पक्षले भने ओलीको कदमविरुद्ध आफूलाई होम्याएको छ ।

दाहाल र नेपालसँग सहकार्य गरेर जानेबारे यादव र भट्टराईबीच पनि छलफल भएको थियो । सोहीअनुसार चार नेताबीच चुनावी गठबन्धन बनाएर जानेबारे छलफल भएको हो । उता, ओलीले पनि महन्थ ठाकुर र राजेन्द्र महतोसँगको छलफलमा चुनावसम्म सहकार्य गरेर जानेबारे सहमति भएको बुझिएको छ। ओलीसँग ठाकुर महतोले गठबन्धन बनाएकै कारण पनि यादव दाहाल र नेपालसँग गबन्धन बनाउने पक्षमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्