Logo

बजेट धेरै राम्रो आएको भन्दै प्रधानमन्त्रीका सल्लाहकार दुगडले गरे अर्थमन्त्रीको प्रशंसा (भिडिओसहित)



काठमाडौं, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार तथा पूर्वमन्त्री मोतिलाल दुगडले अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जनमुखी बजेट ल्याएको भन्दै प्रशंसा गरेका छन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटलाई लिएर सबैबाट प्रशंसा भैरहेको पनि सुनाए । बजेटले निजी क्षेत्रलाई पनि प्रोत्साहन गरिएको उनको भनाई छ । उनले देशमै रोजगारी सिर्जना गर्ने काम भएको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्